बागमतीको चौथो मुख्यमन्त्री बन्दै माओवादीका शालिकराम जम्मरकट्टेल

काठमाडौँ । बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ आज साँझसम्म प्रदेश प्रमुखले खिएको समयसीमाभित्र माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले मुख्यमन्त्रीमा दाबी गर्दै छन् । उनी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन् ।

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेको आज अन्तिम दिनमा सत्ता साझेदार दलहरूका बीचमा सहमति जुटेसँगै आज यस प्रदेशले चौथो मुख्यमन्त्रीका रूपमा जमकट्टेललाई पाउने छ ।

१ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । बागमतीमा गठबन्धनका तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गरी ६१ सिट छ । सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जमकट्टेल अब चौथो मुख्यमन्त्री बन्ने भएका हुन् । यस प्रदेशमा नेकपा एमाले र माओवादीले आलोपालो मुख्यमन्त्री पाउने भएपछि पहिलो चरणमा भने माओवादीले यसको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =