राइटपाथ करियर काउन्सिलिङको छैटौं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको राइटपाथ करियर काउन्सिलिङले आफ्नो छैटौं वार्षिकोत्सव मनाएको छ ।
काठमाडौँको पुतलीसडकस्थित संस्थाको केन्द्रीय कार्यालयमा आइतबार एक कार्यक्रमको बिच वार्षिकोत्सव मनाइएको हो ।

वार्षिकोत्सव कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डे, निवर्तमान अध्यक्ष विष्णुहरी पाण्डे, राइटपाथको ब्राण्ड एम्बासडर नायिका पूजा शर्मा तथा इक्यानका पदाधिकारी साथै राइटपाथ अन्तर्गत मोफसलमा रहेका शाखाहरूबाट आएका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष पाण्डेले प्रतिकुल परिस्थितिमा पनि फरक तरीकाले उभिएर शैक्षिक परामर्श क्षेत्रलाई निरन्तर रूपमा अगाडी बढाउने सवालमा राइटपाथ सफल भएको बताए । उनले भने, ‘गाह्रो र अप्ठेरो समयमा पनि राइटपाथ उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरूको कोशेढुंगा साबित भएको बताउँदै शैक्षिक परामर्श क्षेत्रमा अत्यन्त राम्रो हिसाबले सम्हालिएर, व्यवस्थित, शैक्षिक परामर्श दिलाउन राइटपाथ र अध्यक्ष फिलिप डिसी सफल हुनुभएको छ, मेरो तर्फबाट बधाई र शुभकामना ।’

त्यस्तै कार्यक्रममा बोल्दै इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे भन्छन् ‘उच्च शिक्षा हासिल गर्न जाने विधार्थीहरुलाई राइटपाथले उचित र सुलभ परामर्श दिँदै आएको र आगामी दिनका यो भन्दा पनि गुणस्तरीय सेवा दिनेमा आफू ढुक्क रहेको बताए ।

कार्यक्रममा राइटपाथका संस्थापक एवम् सिइओ फिलिप डिसीले शैक्षिक परामर्शको क्षेत्रमा राइटपाथ स्थापित हुनुमा अभिभावक, विद्यार्थी लगायतको महत्त्वपूर्ण हात एवम् साथ रहेको भन्दै सम्पूर्णमा धन्यवाद ज्ञापन गरे । उच्च शिक्षाका लागि राइटपाथले दिने शैक्षिक परामर्श र सेवाले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ ।

उक्त वार्षिकोत्सव समारोहमा राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रबन्ध निर्देशक सुरज पौडेलले आगन्तुक सम्पूर्णलाई स्वागत गर्दै आगामी दिनहरूमा विद्यार्थीहरूलाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने समेत दृढता व्यक्त गरे ।
मोफसल अन्तर्गत चितवन, दाङ, हेटौँडा, झापा, धनकुटा र कुमारी पाटी शाखाहरूबाट समेत शैक्षिक परामर्श दिँदै आएको राइटपाथले सामाजिक सेवामा पनि उतिकै योगदान गर्दै पुर्याउँदै आएको छ ।
राइटपाथबाट कक्षा १२ पास गरिसकेका साथै डिप्लोमा, ब्याचलर, मास्टर्स अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीले शैक्षिक परामर्श लिन सक्छन् । राइटपाथले युके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा, अमेरिका जस्ता शैक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आएको छ ।








