अवरुद्ध सडक खुलाउने प्रयास जारी

काठमाडौं । देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट आज मध्याह्नसम्म २१ वटा सडक प्रभावित भएका छन् ।

त्यसमध्ये तीन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १८ वटा एकतर्फी रूपमा संचालनमा आएको सडक विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार पहिरोका कारण कोशी राजमार्ग,कान्तिराजपथ, मेची राजमार्ग र बुर्तीबाङ–ढोरपाटन राजमार्गको केही स्थान अवरुद्ध भएको छ ।

विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पहिरोकाकारण सडक अवरुद्ध सडक खुलाउन सम्बन्धित कार्यलयले पहिरो पन्छाउने कार्य गरिरहेको जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागले मुलुकको विभिन्न स्थानमा आज पनि भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =