गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
२०७९ पुस १९ गते

फाइल फाेटाे
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
हिजो बेलुका सवा ८ बजेतिर बूढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा बा ४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सप्तरीका १९ वर्षका सोयतकुमार साहको मृत्यु भएको हो ।
प्रहरीका अनुसार साहको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा ९ बजे मृत्यु भएको हो ।
२०७९ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित








