एनआईबिएल ग्रोथ फण्डको इकाई खरिद गर्न आवेदन खुला

काठमाडाैँ । एनआईबिएल एस क्यापिटलले आज (पुस ७ गते) देखि एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुला गरेकाे छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ भने १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १२ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा पुस १२ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड ६० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्ड एक बन्दमुखि योजना हो । योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यस निष्काशनमा न्यूनतम ८ करोड इकाई बिक्री हुनु पर्नेछ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ । यस योजनाको अवधि बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ । सोपश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *