एनआईसी एशिया बैंकले धितोका ३ वटा गाडी लिलाम बिक्रिमा

काठमाडौँ । एनआईसी एशिया बैंकले धितोमा राखिएका गाडी बिक्री गरेर ऋण असुली गर्ने भएको छ । बैंकबाट ऋण लिएका ३ जना ऋणीले ऋण नतिरेपछि धितोका गाडी बिक्री गरेर ऋण असुल गर्ने भएको हो । धितो लिलाम भएपछि ती गाडी बिक्री गर्न बैंकले शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
ती सवारी साधन लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले १५ दिनभित्र आवेदन पेश गर्ने बैंकले आग्रह गरेको छ । धितो लिलाम भएका ती सवारी साधन बिक्री नभए बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ को नियमावली, २०५९ तथा प्रचलित कानून अनुसार ऋणी तथा जमानीकर्ताको अन्य चल अचल जायजेथा, श्रीसम्पत्तिबाट समेत बाँकी ऋण रकम असुल उपर गर्ने जनाएको छ । साथै ऋणी र जमानकर्ता सबैलाई कर्जा सूचना केन्द्रमा कालोसूचीको लागि सिफारिस गरिने बताएको छ ।
साथै उक्त सवारी साधन बैंकको नाममा दर्ता रहेको र सो सवारी साधनको स्वामित्व बैंकमा रहेकोले कसैले अनधिकृत रुपमा प्रयोग गरेका छन् भने यथासिघ्र बैंकमा बुझाउन बैंकले आग्रह गरेको छ । अन्यथा अनधिकृत रुपमा बैंकको सवारी साधन प्रयोग गरेको भेटिएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने बैंकले चेतावनी दिएको छ ।
बैंकले काठमाडौं महानगरपालिका १४ मा रहेको अर्याल फेन्सी स्टोरका सञ्चालक ऋषि प्रसाद अर्यालले धितोमा राखेको डट्सन रेडी गो मोडलको बा २० च ७५८ नम्बरको कार र अर्याल फेन्सी स्टोरको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ती उपर हाइपोथिकेशन बिक्री गर्नेछ ।
यस्तै, ऋणी मुगुमान तामाङले धितोमा राखेको हुण्डाई इओएन डीलाइटको बा २ ज ३१६५ नम्बर गाडी र वेलफेयर फर्माका प्रोप्राइटर तथा जमानीकर्ता टिकेन्द्र ओझाको हुण्डाइ क्रेटा १.६ मोडलको बा १४ च ७३७६ नम्बरको सवारी र वेलफेयर फर्माको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ती हाइपोथिकेशन बिक्रीमा राखेको जनाएको छ ।









