मनकामना बन्यो डिजिटल बजार, अब क्यूआर मार्फत भुक्तानी गर्न सकिने

काठमाडौँ । धार्मिक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रूपमा स्थापित भएको छ ।

योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनै पनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । शुक्रबार एक कार्यक्रकाबीच मनकामना बजारलाई डिजिटल बजारका रूपमा घोषणा गरिएको हो ।

नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रूपमा उद्घाटन गरे । एनएमबी बैङ्क र फानपेको सक्रिएतामा डिजिटल बजारका रूपमा घोषणा गरिएको हो ।

डिजिटल बजार घोषणा कार्यक्रममा एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत शुनिल केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, शहिद लखन गाउँ पालिका, मनकामना क्षेत्र विकास समिति, मनकामना जिर्णद्धार समिति, मनकामना मन्दिरका मूल पुजारी,उद्योग वाणिज्य सङ्घ इकाइ समिति, खानेपानी तथा सरसफाइ समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था साना किसान बचत तथा ऋण सहकारी संस्था लगायत स्थानीय व्यवसायी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =