भारतबाट घटेर आयो इन्धनको मूल्य, घट्ला नेपालमा ?

काठमाडौँ । नेपाल आयल कर्पोरेशन (एनओसी)लाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको घटेको मूल्य सूची प्राप्त भएको छ ।

शुक्रबार प्राप्त भएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजेल १२ रुपैयाँले घटेर आएको छ । तर, निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन ।

मूल्य बढेर आउँदा आउनासाथ सूची सार्वजनिक गर्ने गरेको निगमले घटेर आउँदा मूल्य सूची सार्वजनिक नै नगर्ने प्रवृत्ति देखाउन दुःखद् भएको आम उपभोक्ताले गुनासो गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने गरेको निगले घटेको बेला नघटाउने गर्दा आम सर्वसाधारण भने मूल्यवृद्धिको नाजाय मार खेप्न बाध्य भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =