केएल दुगड समूहका अध्यक्षलाई नेपाल बैंकको सम्मान

काठमाडाैँ । केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ ।

बैंकले दुगड आफ्नो सम्मानित, मर्यादित, नियमित सहयात्रीको रुपमा बैंकको स्थापनाकालदेखि नै व्यावसायिक साझेदारको रुपमा रहिरहेको र यो कुरा बैंकले चिरकालसम्म संस्थागत रुपमा स्मरण गर्ने जनाएको छ ।

मुलुकमा आर्थिक कारोबारलाई प्रबर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने, उत्पादनमुलक क्षेत्रमालगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने जस्ता काममा दुगडले महत्वपूर्ण योगदान पुर्‍याएको बैंकले सम्मान पत्रमा उल्लेख गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + two =