महालक्ष्मी विकास बैंकका ग्राहकलाई ५ व्यवसवायिक संस्थाका सेवामा विशेष छुट
२०७९ कार्तिक २९ गते

काठमाडाैँ । महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न ४ वटा व्यवसायिक संस्थाको सेवामा विशेष छुट पाउने भएका छन् ।
रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य क्षेत्रका ती संस्थामा बैंकका ग्राहकले छुट पाउने गरी बैंकले सम्झौता गरेको जनाएको छ ।
बैंकका ग्राहकले द हिमालय ग्रिल बाई बाजेको रेष्टुरेन्टको सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । त्यस्तै, कुण्डलिनी आयुर्वेदको सेवामा अधिकतम २० सम्म, सुबाकी ब्युटी स्यालोन एन्ड इन्टरप्राइजमा १० प्रतिशत, ओपुलेन्स एस्थेटिक प्रालीमा १० प्रतिशत र क्रिष्टल डायग्नोस्टिकको सेवामा २५ प्रतिशतसम्म छुट पाउने छन् ।
बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले यो सेवा पाउने बैंकले जनाएको छ ।
२०७९ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित









