विशेष अदालतको न्याय निरूपणप्रति अख्तियारको आरोप अनुचित : नेपाल बार

काठमाडौँ । नेपाल बार एशोसिएसनले भ्रष्टाचारलगायत मुद्दामा विशेष अदालतबाट भएको न्याय सम्पादन उचित नभएको भन्ने अख्तियारको आरोपप्रति आपत्ति जनाएको छ ।

बारका कार्यबाहक अध्यक्ष अधिवक्ता हर्कबहादुर रावलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो न्यायिक निकायले संवैधानिक न्यायिक निकायमार्फत न्यायिक निरुपण गर्नुपर्नेमा आयोगले पत्रकार सम्मेलन गरी अदालतको न्यायिक स्वतन्त्रताप्रति आघात पुग्ने काम गरेको भन्दै आपत्ति जनाएको छ ।

सम्बन्धित समाचार : विशेष अदालतबाट सफाइ दिइएका १२४ मुद्दामा अख्तियार असन्तुष्ट (भिडिओ)

केही दिनअघि मात्रै आयोगले पत्रकार सम्मेलन गरी विशेष अदालतले निरुपण गरेका अख्तियारका मुद्दाको न्याय सम्पादनप्रति असन्तुष्टि जनाएको थियो ।

यस्तो छ बारको विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =