अछाम जिल्लाको विकासका लागि वाम लोकतान्त्रिक गठबन्धनलाई विजय गराउ : मन्त्री कुवर

काठमाडौँ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवरले अछाम जिल्लाको चौतर्फी विकासका लागि वाम लोकतान्त्रिक गठबन्धनलाई विजय गराउन आग्रह गरेका छन् ।

अछाम जिल्ला प्रतिनिधि सभा सदस्य पद्का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका कुवरले जिल्लाको चौतर्फी विकासका लागि आफू सधै प्रतिबद्ध भएर लाग्ने समेत बताए ।

जिल्लाको स्वास्थ,शिक्षा,सडक,संचार सरसफाइ र खानेपानीको क्षेत्रमा आफ्नो पहलमा ंभए गरेका विकासको स्मरण गराउदै मन्त्री कुवरले सुखी र समृद्ध अछामको सपना पूरा गराउन साझा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लाइ जिताउन सबै मतदाता लाई आग्रह गरे ।

अछाम जिल्ला मेल्लेख गाउँ पालिका वडा नम्बर ४ को हत्तिकोट र वडा नम्बर ८ को कुस्कोट्मा भएको चुनावी आमसभा लाई सम्बोधन गर्दै मन्त्री कुवरले सो कुरा बताए । उनले गठबन्धनले जिते मात्र अछाम जिल्लाको विकासको ढोका खुल्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =