सुस्तामा पिकनिक खाएर फर्केको डुंगा डुब्यो, तीन जनाको मृत्यु

चितवन । पश्चिम नवलपरासीको सुस्तामा पिकनिक खाएर फर्केको डुंगा दुर्घटना भएको छ । अचानक दुर्घटना भई डुब्दा तीन जनाको मृत्यु भएको छ ।

सुस्ता गाउँपालिका ४ नर्सही गोकुलनगरका स्थानीय युवाहरू पिकनिक खाएर फर्किँदै गर्दा नारायणी नदीको घोल काट्नको लागि चढेको डुंगा दुर्घटनामा परेको थियो ।

डुंगा पल्टिँदा सुस्ता गाउँपालिका ४ का २२ वर्षीय गुड्डु हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रन्जित गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

डुंगामा सवार अन्य २ जना नदीमा डुबेर घाइते भएका छन् । डुंगामा पाँच जना सवार थिए । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहीत सहानी छन् । उनीहरुलाई उपचारको लागि भैरहवा लगिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =