कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

संकल्पपत्र नाम दिइएको घोषणापत्रमा ५ वर्षभित्र सबै नागरिकको ‘स्वास्थ्य बिमा र बिमा मार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने बताइएको छ। ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने बताइएको छ ।

‘गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचः सवैलाई स्वास्थ्य बिमा, सवल स्वास्थ्य प्रणाली’ उपशीर्षकमा कांग्रेसले भनेको छ, ‘३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने छ । ’बिमा रकमको दायरा बढाई १० लाख पुर्याइने पनि कांग्रेसले बताएको छ ।

यस्तै, कांग्रेसले आगामी ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।  शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले न्युनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य रहेको जनाएको छ ।

‘व्यापक रोजगारीका संभावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायत अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सृजना गर्ने सङ्कल्प गर्दछ’ कांग्रेसले घोषणापत्रमा भनेको छ ।

यस्तो छ नेपाली कांग्रेसको चुनावी सङ्कल्पपत्र (पूर्णपाठसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =