हेटौंडाको तरकारी बजारमा आगलागी
२०७९ कार्तिक १० गते

प्रतीकात्मक तस्वीर
हेटौंडा । हेटौंडाको तरकारी बजारमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका १० मा रहेको तरकारी तथा फलफूल थोक बजारमा आगलागी भएको हो ।
हेटौंडा उपमहानगरपालिका टिसीएनरोडस्थित एक होटलमा विद्युत सर्ट भएर आगो लागेको प्रहरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
आगलागी बिहीबार दिउँसो साढे १ बजेतिर भएको हो । कार्कीका अनुसार एक होटल र तरकारी तथा फलफूल थोक बजारका आधा दर्जन पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । अहिले आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ ।
२०७९ कार्तिक १० गते
प्रतिक्रिया
सम्बन्धित








