५० वर्षसम्म ननुहाएका व्यक्तिको निधन

काठमाडौँ । उनी एक सन्यासी थिए जसलाई मिडियाले ‘संसारको सबैभन्दा फोहोर व्यक्ति’ भनेर टिप्पणी गरेको थियो । ती व्यक्तिको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले केही महिनाअघि मात्रै दशकमा पहिलो पटक नुहाएका थिए ।

अमो हाजी ५० वर्षभन्दा बढी समयसम्म साबुन र पानीबाट टाढा रहे। अमो दक्षिणी इरानको फार्स प्रान्तमा बस्थे । यसअघि पनि उनको गाउँका मानिसहरूले उनलाई नुहाउन भनेका थिए तर उनले शरीर सफा गर्न टार्दै आएका थिए ।

तर स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिनाअघि अमो हाजीले गाउँलेहरूको दबाबमा झुकेर साबुन र पानीले आफ्नो शरीर सफा गरेका थिए । इरानको समाचार एजेन्सी इर्नाका अनुसार उनी नुहाएर मात्र बिरामी परेका थिए र आइतबार उनको मृत्यु भएको थियो ।

सन् २०१४ मा तेहरान टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो मनपर्ने खाना पोर्क्युपिन हो र उनी जमिनको प्वालमा र देजगाह गाउँमा गाउँलेहरूले बनाएको झुपडीमा बस्ने बताएका थिए ।

अन्तर्वार्तामा उनले यस्तो जीवन जिउनुको कारण युवावस्थामा भोगेका तीतो भावनात्मक अनुभव भएको बताए । दशकौंदेखि नुहाउन नसक्दा उनको छाला कालो भएर पिपले भरिएको थियो ।

समाचार एजेन्सी इर्नाका अनुसार उनी सडेको मासु खान्थे र तेलको पुरानो क्यानबाट फोहोर पानी पिउँथे । उनलाई चुरोट पिउन मन लाग्थ्यो । एउटा तस्बिरमा उनी एकैपटक चुरोटका धेरै पफ लिएर बसेको देख्न सकिन्छ ।

समाचार एजेन्सीका अनुसार उनलाई नुहाउन खोज्दा वा पिउनको लागि सफा पानी खुवाउँदा उनी दुःखी हुन्थे । तर, उनले यति लामो समय ननुहाएर बिताएको रेकर्ड बनाउन सकेनन् भन्ने विवाद छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =