एनआईसी एशिया बैंकका ग्राहकलाई भाट–भटेनीमा १० प्रतिशतदेखि ५ सयसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले भाट–भटेनी सुपरमार्केटमा सामान खरिद गर्दा १० प्रतिशतदेखि ५ सय रुपैयाँसम्म छुट पाउने भएका छन् ।
बैंकको डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।
नेपालीहरूको महान चाड दशैं, तिहार, छठलगायतका पर्वको अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न २०७९ १ गते देखि २०७९ कात्तिक १५ सम्म भाट–भटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी गर्ने ग्राहकलाई उक्त आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ ।
बैंकले यस अघि सार्वजनिक गरेको ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाट–भटेनी सुपरमार्केट लगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा मात्र) लगायत दर्जनौँ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ ।
यसअनुसार २०७९ कात्र्तिक १५ सम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पिओएस तथा एनआईसी एसिया एमओबैंक मोबाइल एपमार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक तथा छुट उपलब्ध रहेको छ ।
त्यसबाहेक उक्त योजनामा विभिन्न ब्राण्डबाट अनलाईन सामग्री खरिद गरी ई–कमर्श भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुटको प्रबन्ध मिलाइएको छ ।










