चाडपर्वमा एनआईसी एशिया बैंकको ‘दक्षिणा अफर’

काठमाडौँ । एनआईसी एशिया बैंकले वडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना ल्याएको छ । यस योजना अनुसार बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकलाई ‘आकर्षक दक्षिणा’को व्यवस्था गरिएको छ ।

असोज १ देखि कात्तीक ३० सम्म लागू हुने गरी ल्याएको योजना विश्वका विभिन्न देशबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागु हुनेछ ।

यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =