हाइजम्पमा आर्मीकी खगीतालाई स्वर्ण
२०७९ असोज ३० गते

पोखरा । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजाली मगरले स्वर्ण जितेकी छन् ।
पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले स्वर्ण जितेकी हुन् । १ मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै बिन्दु थनेतले रजत जितिन् भने गण्डकी प्रदेशकी सीमा श्रेष्ठले कांस्य जितिन् । श्रेष्ठले १ मिटर ४१ सेन्टिमिटर जम्प गरेकी थिइन् ।
२०७९ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित










