महिला बास्केटबलमा बागमतीले हरायो गण्डकीलाई

पोखरा । गण्डकीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा बागमतीले गण्डकीलाई ६७–४३ अङ्कको अन्तरमा पराजित गरेको हो । लिग चरणमा खेलाइएको प्रतियोगितामा बागमतीले २५–५ को फराकिलो अन्तर बनाएको थियो । दोस्रो चरणमा बागमतीले १३–८, तेस्रो चरणमा २०–१४ को अन्तर कायम गर्यो ।

चौथो चरणमा गण्डकीले १६–९ को अन्तर बनायो । खेलमा गण्डकीकी सीमा गर्वुजाले सर्वाधिक १६ अंक जोडेकी थिइन् । यसअघिको खेलमा बागमतीले प्रदेश–१ लाई ७५–२४ को अन्तरमा जित हासिल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =