आइटिएफमा सेनालाई तीन, गण्डकीलाई एक स्वर्ण

पोखरा । आइटिएफ तेक्वान्दोमा आर्मीले ३ स्वर्ण पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबारेदेखि बागलुङमा भएको प्रतियोगिता अन्तर्गत एकल प्याटर्नमा विभागीय टिम नेपाल आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ ।

निलो पेटीतर्फ आर्मीका धनसिंह परियार, कालो पेटी पहिलो डानमा आर्मीकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक जितेका छन् ।

निलो पेटीमा प्याटर्नतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रवीण बुढाले रजत र निलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेका आइटिएफका अध्यक्ष तथा राखेप सदस्य अञ्जन धमलाले जानकारी दिए । आइटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याटर्न र टिम प्याटर्नका बाँकी खेल चलिरहेको छ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =