१० किलोमिटर दौडमा आर्मीका दीपकलाई नयाँ कीर्तिमान

पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० किलोमिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

उनले कीर्तिमान सहित स्वर्ण पदक जितेका हुन् । पोखरा रङ्गशालामा आइतबार भएको प्रतिस्पर्धालाई ३० मिनेट १०.३० सेकेन्डमा निर्धारित दुरी पार गरी ८ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।

यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा उक्त दूरी पार गरी एपीएफका गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =