महिला ह्याण्डबलः प्रतिस्पर्धात्मक जित निकाल्दै आर्मीलाई स्वर्ण 

पोखरा । विभागीय डर्बी प्रतिस्पर्धामा त्रिभुवन आर्मीले महिला भलिबलको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाइनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा सशस्त्र प्रहरी सम्हालिन नसक्दाको फाइदा आर्मी उठायो । खेल सकिन दुई मिनेट बाँकी छँदा १५–१६ स्थितिमा पछि परेको आर्मीले दुई मिनेटमा दुई गोल गर्दै स्वर्ण पक्का गर्यो ।
पहिलो हाफमा ९–८ गोलले मात्रै अग्रता लिएको आर्मी १४–१४ स्कोरमा निकै रोचक प्रतिस्पर्धा भएको थियो । एक गोलले पछि रहँदै आएको सशस्त्रले १६–१४ को स्थितिमा अग्रता समेत लिएको थियो । तर अग्रतालाई जोगाउन नसक्दा अन्तिम समयमा १७–१६ को स्कोरमा गुमाउँदै सशस्त्र प्रहरीले रजत पदकमा खुम्चिन पुग्यो ।
महिला तर्फको तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा गण्डकीले प्रदेश नं १ लाई पराजित गर्दै कास्य पदक जित्यो । गण्डकीले २२–७ स्कोरमा पराजित गर्दै कास्य पदकमा चित्त बुझाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =