बागमतीकी सन्तोषीलाई १० किलोमिटर दौडमा स्वर्ण 

पोखरा । महिला तर्फको १० किलोमिटर दौड प्रतियोगितामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार भएको १० किलोमिटर दौड श्रेष्ठले ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरेकी हुन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लबकी राजपुरा पछाई दोस्रो भइन् । उनले ३६ मिनेट २२.४५ सेकेण्डमा निर्धारित पूरा गरेकी हुन् । सन्तोषी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा समेत स्वर्ण पदक विजेता खेलाडी हुन् ।
एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दुरी पूरा गरी तेस्रो स्थानमा रहिन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =