महिला क्रिकेट : सशस्त्र प्रहरी सेमिफाइनलमा 

पोखरा । मधेस प्रदेशलाई २८ रनले पराजित गर्दै सशस्त्र प्रहरी बल नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको एपिएफले २० ओभर पुरै खेलेर १ सय १ रन बनायो । एफिएपका लागि ममता चौधरीले अविजित १७ रनको योगदान गरिन् ।
ओपनर इन्दु बर्मा ६ रनमा आउट हुँदा राजमती ऐरीले १६ रनको इनिङ्स खेलिन् । सरिता मगर शून्यमै आउट भइन् । नेरी थापाले १२, ज्योति पाण्डेले १५ रन बनाइन् । मधेसका लागि सरस्वती चौधरीले ३, कविता गौतम र शान्ति चौधरीले समान २/२ विकेट लिइन् ।
१०२ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ७४ रनमै समेटियो । मधेसका लागि सरस्वती चौधरीले १३, कविता गौतमले १३ र अनुराधा चौधरीले ११ रन बनाइन् । एपिएफकी नेरी थापाले ३ विकेट लिइन् । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भइन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =