जुवातास खेलिरहेको अवस्थामा छ पक्राउ

ललितपुर । महालक्ष्मी नगरपालिका-९ लामाटारस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २७ वर्षीय सुदिप श्रेष्ठ लगायत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय ५० रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =