उपराष्ट्रपति पुनले किष्ट अस्पतालमा भेटे शताब्दी पुरुष ‘सत्यमोहन जोशी’
मकालु खबर
२०७९ असोज १५ गते
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट गरेका छन् ।
बिरामी भएर अस्पताल भर्ना भएका जोशीलाई शनिबार विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर पुनले स्वास्थ्य लाभको कामना गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
उपराष्ट्रपति पुनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, उपराष्ट्रपति पुनले जोशीलाई भने ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’
जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् ।
मकालु खबर
२०७९ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित