शेखर समूहले १२ गते पार्टी कार्यालयमा धर्ना दिने
मकालु खबर
२०७९ असोज १० गते
काठमाडौँ । नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।
सोमबार बसेको शेखर समूहको बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।
१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।
मकालु खबर
२०७९ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित