भीमफेदी दुर्घटना अपडेट : मृतककाे संख्या ७ पुग्याे
मकालु खबर
२०७९ असोज ६ गते
हेटाैँडा । मकवानपुरको भीमफेदीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ । भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएकाे थियाे, जहाँ ६ जनाको घटनास्थलमा तत्कालै मृत्यु भएकाे थियाे ।
एकजनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । काठमाडाैँबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेकाे थियाे ।
मृतकको सनाखद हुन बाँकी छ । घाइतेहरूको हेटौँडामै उपचार भइरहेकाे छ ।
मकालु खबर
२०७९ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित