सिफारिस समितिको प्रतिवेदन बुझ्न सभामुख साप्कोटा सिंहदरवार पुगे

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक समापन भएपछि प्रतिवेदन बुझ्न सभामुख अग्निप्रसाद साप्कोटा सिंहदरवार पुगेका छन् ।

अहिले जबराविरुद्धको महाअभियोग सम्बन्धि प्रतिवेदन तयार हुँदै छ । महाअभियोग सिफारिस समितिले जबराले गरेका केही विवादास्पद फैसलाको विवरण सार्वजनिक गर्ने छ ।

अब निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय सार्वजकि हुने  समितिका सदस्यहरुले बताएका छन् ।

शनिबार विहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरुलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो । शनिबार दिउँसो ३ बजेपछि बसेको बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिएको बताइएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल शनिबार सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =