राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोट

भाद्र । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।

छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरिने छ । चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आ।वि। चन्नहवा, जनज्योति आवि झण्डहवा र राम मावि हवलदारपुर छनौट भएका छन् भने बैजनाथको सूर्योदय माविमा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ ।

त्यसैगरी राप्तीसोनारीको नेपाल राष्ट्रिय मावि गुलरी, जनशक्ति मावि बालापुर, भुवर भवानी मावि बिनौना तथा नेपाल राष्ट्रिय मावि कोदरवटवा छनौट भएका छन् ।

त्यसैगरी दुई कोठे पक्की भवनकालागि कोहलपुरको नेपाल राष्ट्रिय आवि लखनवार, बजैनाथको बागेश्वरी मावि, राप्तीसोनारीको नेपाल राष्ट्रिय मावि अगैया, बाल शान्ति आवि भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आ।वि। शंकरनगरकोटीया छनौटमा परेका छन् ।

छनौट परेका विद्यालयहरूले चार कोठा पक्की भवनकालागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणका लागि २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =