कस्तो रहला आजको मौसम ?

काठमाडौँ । देशका विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ । अहिले देशभर सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम, गण्डकी प्रदेश का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ भोलि र पर्सिको पूर्वानुमान :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =