चिनियाँ जनकंग्रेस अध्यक्ष अपराह्न काठमाडौँ पुग्ने, यस्तो छ भेटघाट तालिका

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज नेपाल आउँदैछन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली चार दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै झान्सुले आजदेखि ३० गतेसम्म भ्रमण गर्ने जानकारी दिएको हो । दिउँसो काठमाडौँ पुग्ने ली तथा उनको प्रतिनिधिमण्डलका सदस्यहरूले साँझ सभामुख सापकोटासँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ । वार्तापछि सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् ।

लीले भोलि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै, उनले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उनले भदौ २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने तालिका छ । लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा‍. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने विज्ञप्तिमा उल्लेख छ ।

मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग हुन लागेको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 15 =