नागरिकता विधेयक खारेजीकाे माग गर्दै अनेरास्ववियुकाे प्रदर्शन

काठमाडौँ । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले आइतबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरूले नागरिकता विधेयक खारेज गरे, नागरिकता बेच्न पाइँदैन, दलालहरू होसियार लगायतका नारा लगाएका थिए ।

अहिलेका नागरिकता विधेयकले विदेशीहरूलाई नागरिकता दिने बाटो खुल्ला हुने भएकाले खारेज गर्नुपर्ने अनेरास्ववियुको भनाई छ ।

यसअघि आइतबार नै नेविसंघले नागरिकता विधेयक पारित गर्नुपर्ने भन्दै त्रिचन्द्र क्याम्पस अगाडी नै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =