सिंगारिँदै भगवान् (फाेटाेफिचर)

ललितपुर । ललितपुरको कुपण्डोल गुसिङ्गालको सानो गल्लीको भित्र टिनै टिनले बनाएको एउटा सानो घर छ । अहिले त्यो घर भित्र भगवान् नै भगवान् छन् । कोही जीवित ‘भगवान्’ त कुनै भगवान्‌को प्रतिमूर्ति । जहाँ पुग्नासाथै अलि बेग्लै अनुभूति हुन्छ ।

नजिकिँदै गरेको विश्वकर्मा पूजा र दशैको लागि त्यहाँ विश्वकर्मा भगवान् र नवदुर्गाका मूर्तिहरू तयार हुँदै छन् । ‘भगवान बनाउने’ केही जाेडी हातहरू भगवान्‌को प्रतिमूर्तिमा रंग भर्दै व्यस्त छन् ।

प्रत्येक वर्षको आश्विन संक्रान्तिका दिन विश्वकर्मा पूजा मनाइन्छ । विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको समेत पूजा गर्ने गरिन्छ । हिन्दु धर्मशास्त्रमा उल्लेख भएअनुसार समुद्र मन्थनबाट निस्किएको मानिएका भगवान् विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका लागी हातहतियार बनाएका थिए । यहाँ बनाइएका मूर्तिहरू विश्वकर्मा पूजाका दिन पूजा गर्नको लागि प्रयोग गरिन्छ ।

तस्वीर:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =