आजदेखि इन्द्रजात्रा : सिंगारिँदै श्वेत भैरव (तस्वीरसहित)

काठमाडौँ । वर्षभरि नौ वटा झ्याल (आँखीझ्याल)भित्र गुपचुप बस्ने श्वेत भैरव मन्दिरको ढोका इन्द्रजात्रा सुरु भएदेखि भने पूर्ण रूपमा खोलिन्छ ।

नेपाल कै सबैभन्दा ठूलो (अनुहार) श्वेत भैरवको पूर्ण दर्शन गर्न सर्वसाधारणले वर्षको तीन पटक मात्र पाउँदछन्।

इन्द्रजात्राको आठ दिन, बडा दसैँ र चैते दसैँमा श्वेत भैरवको पूर्ण रूपमा दर्शन गर्न सकिन्छ ।द्वादशीका दिन हनुमान ढोकामा यःसिं (लिङ्गो) ठड्याइसकेपछि इन्द्रजात्रा सुरु हुन्छ र त्यस दिन देखि श्वेत भैरवको ढोका खोलिन्छ ।

संस्कृतिविद्हरूका अनुसार श्वेत भैरवको पूजा तान्त्रिक विधि अनुसार गर्नु पर्ने भएकाले सधैँ खुल्ला नराखिएको हो ।

अहिले इन्द्रजात्राको लागि श्वेत भैरवको मूर्ति रंगरोगन गर्ने काम चलिरहेको छ ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =