सत्यदीप ग्रुपले ल्यायो प्रोडक्ट र भेइकल अनुसार जेन्युइन पार्ट्सको क्याटलग

काठमाडौँ । नेपाली बजारमा विभिन्न सवारी साधन तथा अन्य उत्पादनमा लाग्ने जेन्युइन पार्ट्स उपलब्ध गराउँदै आएको सत्यदीप ग्रुपले विभिन्न उत्पादनको क्याटलग सार्वजनिक गरेको छ ।

भारतको प्रसिद्ध कम्पनी बोसको सहयोग र सहकार्यमा गत शुक्रबार एक कार्यक्रमबीच सो उक्त क्याटलग सार्वजनिक गरेको कम्पनीले जनाएको छ । सो अवसरमा बोसका कन्ट्री हेड रितुन्च गुप्ताले सो क्याटलगबाट नेपाली ग्राहकलाई आफ्नो सवारी साधनमा प्रयोग हुने उपयुक्त जेन्युइन पार्ट्स नम्बर पहिचान गर्न सहयोग पुग्ने बताए ।

गुप्ताले आगामी दिनमा सबै प्रदेशस्तरमा समेत यस प्रकारको कार्यक्रम आयोजना गर्ने बताए । यसबाट सबै रिटेलर तथा वर्कशप र फ्लिट अपरेटरको कार्यमा सहयोग पुग्ने अपेक्षा उनले गरे ।

सो कार्यक्रममा दुई पांग्रे सवारी साधनका केही ग्राहकको समेत उपस्थिति थियो । उक्त अवसरमा बोसका उत्पादनका साथै सत्यदीप ग्रुपबारे जानकारी आदानप्रदान गरिएको थियो ।
क्याटलगमा बोस, हेला, टेनेको, भ्यालिओ, कम्पो, जेडएफ, टाल्ब्रोस जस्ता लिडिङ ओरिजिनल इक्विपमेन्ट (ओई) निर्माता कम्पनी र अन्य विभिन्न एसेसरिज कम्पनीहरुका जेन्युइन पार्ट्स नम्बर उपलब्ध छन् ।

नेपाली सवारी साधन बजारमा आफ्टर मार्केटका लागि आवश्यक जेन्युइन पार्ट्स उपलब्ध गराउँदै आइरहेको सत्यदीप ग्रुपले नयाँ क्याटलगको माध्यमबाट नेपाली ग्राहकलाई भेइकल सर्भिसिङको क्षेत्रमा अझै बढी सहयोग गर्ने लक्ष्य लिएको बताएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *