प्रचण्ड चितवन ३ बाट सर्वसम्मत सिफारिस

चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड एकलरूपमा सर्वसम्मत सिफारिस भएका छन् ।

३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिको आइतबारको बैठकले प्रचण्डलाई सर्वसम्मत सिफारिस गरेको नेता गोपाल न्यौपानेले जानकारी दिए ।

प्रचण्ड गोरखा–१ बाट पनि सिफारिस भएका छन्, तर उनले चितवन ३ बाटै चुनाव लड्ने बताइरहेका छन् । प्रचण्ड ०७४ को निर्वाचनमा तत्कालीन नेकपाबाट चितवन ३ मा निर्वाचित भएका थिए ।

बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि समेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीन जना र ३ (ख) मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =