छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाकाे मृत्यु

काठमाडौँ । देशभरका विभिन्न ठाउँमा भएका सडक दुर्घटनामा परी ६ जनाकाे मृत्यु भएकाे छ ।

रुपन्देही बुटवल उपमहानगरपालिका १३ बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी २ जनाकाे मृत्यु भएकाे छ । लु ४१ प ४१६८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हाे । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा सवार उनकै छोरा ६ वर्षीय निशान भट्टराई रहेका छन् । लु ४१ प ४१६८ र लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पुनस् लु।१ क ४४२४ नम्बरको ट्याङकरमा समेत ठोक्किएर दुर्घटना हुँदा गम्भिर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, बझाङ, केदारस्युँ गाउँपालिका १ धार्तडास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१ च २६९० नम्बरको जिपको ठक्करबाट पैदलयात्री बित्थडचिर गाउँपालिका ९ रैकोसी बस्ने ६० वर्षीय गगन ओखेडाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । साथै जिप समेत पल्टिदा घाइते भएकी जिपमा सवार बुंगल नगरपालिका ६ बस्ने २५ वर्षीया सन्जु खत्री बोहरालाई उपचारको लागि धनगढीतर्फ पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, पर्सा, वीरगञ्ज महानगरपालिका १५ ब्रमचोकमा ना ७ ख १८३७ नम्बरको बसले ना ४० प ३४७९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहट मौलापुर गाउँपालिका ५ बस्ने ६५ वर्षीय तुल्सी साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, विराटनगर महानगरपालिका(१८ देवन पेट्रोल पम्प छेउस्थित कर्ल्बटमा साईकल ठोक्किएर साईकलयात्री जहदा गाउँपालिका(१ भुटाहा बस्ने ४६ वर्षीय दिपचन शर्माको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

बाँके, राप्ती सोनारी गाउँपालिका(८ ठुरे जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =