दशैंका लागि नयाँ नोट वितरण भदौ अन्तिमबाट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैंका लागि भदौ अन्तिम सातादेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नाेट वितरण गर्ने तयारी गरेको छ ।
यो वर्ष केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने जनाएको छ । अन्तिम साताको कुन दिनबाट वैंक वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्न थाल्ने भन्ने औपचारिक निर्णय भने निर्णय गर्न बाँकी रहेको केन्द्रीय बैंकको मुद्रा व्यवस्था विभागका प्रमुख रेवती नेपालले बताए ।
नयाँ नोट प्राप्त गर्ने बैंकहरुले आफ्नो अनुकुल समय मिलाएर सर्वसाधारणलाई वितरण गर्न सक्नेछन् । राष्ट्र बैंकले पनि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । यद्यपी कहिलेबाट वितरण सुरु गर्ने भन्ने टुंगो लगाउन बाँकी छ । अपुग भएको अवस्थामा थप नयाँ नोटको व्यवस्था गर्ने समेत बैंक जनाएको छ । सुकिला र नयाँ नोटलाई मिलाएर बैंकले नयाँ नोट वितरण गर्ने जनाएको छ ।
नयाँ नोट वितरणमा यस वर्ष सीमा नलगाउने तयारीसमेत बैंकले गरेको छ ।









