बालेनकाे अभियानले खाली भयाे चुनावमा सघाउने उनकै साथीकाे रेस्टुरेन्ट

काठमाडाैँ । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)काे अवैध संरचना तथा निर्माण हटाउने अभियानमा चुनावमा सघाएका उनकै साथीकाे रेस्टुरेन्ट खाली भएकाे छ ।

काठमाडौँ महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यवसायहरू हटाएपछि उनका साथी सन्ताेष कुमार थापाकाे रेस्टुरेन्ट पनि त्यसमा परेकाे हाे ।

थापाले नगर प्रहरीको निर्देशनपछि उक्त रेस्टुरेन्ट हटाएका हुन् । थापाले बालेनको चुनावी अभियान सञ्चालनमा साथ दिएका थिए ।

मेयर बालेनले आफ्नो रेस्टुरेन्ट खाली गराएपछि सञ्चालक थापाले फेसबुकमा लेखेका छन्, ‘आजैबाट खाली गरेको छु, धन्यवाद ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =