शान्ति प्रक्रिया टुंगाे लगाउने काममा एमाले बाधक बन्याे : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्न खोजेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौँमा आयोजित माओवादी पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया टुङ्गिन नदिन भाँजो हाल्ने काम गर्न खोजिएको आरोप लगाएका हुन्  । उनले संक्रमणकालीन न्यायका सन्दर्भमा माओवादीलाई अपराधी देखाउन खोज्ने काम भएको र माओवादीलाई ठेगान लगाउन विधेयक ल्याउनुपर्ने तर्क गर्न खोजिएको जिकिर गरे ।

प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफैँले गरेको तर एमाले अध्यक्ष केपी शर्मा ओलीले नमान्दा त्यो प्रावधानसहितको विधेयक पेस हुन नसकेको धारणा राखे ।

उनले बुधवारसम्म गठबन्धनबिच सिट बाँडफाँटमा सहमति हुने, २० गतेसम्म क्षेत्र र प्रदेशको टुङ्गो लाग्ने र २५ गतेसम्म पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लाग्ने दाबी गरे । उम्मेदवार टुंगो लगाउने विषयमा स्थानीय तहको जस्तो नहुने भन्दै प्रचण्डले प्रदेश र संघमा व्यवस्थित रूपमा उम्मेदवार टुंगो लगाउने धारणा राखे ।

त्यस्तै, उनले निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =