राष्ट्रपतिकाे निम्ताेमा शीतल निवास जाँदै एमाले नेताहरू
२०७९ भदौ १३ गते

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का नेताहरूलाई छलफलका लागि बाेलाएकी छन् । यसपछि नेताहरू त्यहाँ पुग्दैछन् । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरू केहीबेरमा शीतल निवास पुग्दैछन् ।
उनले नागरिकता विधेयकलगायतका विषयमा छलफल गर्ने बुझिएकाे छ ।
यसअघि नागरिकता विधेयककै विषयमा छलफल गर्न कांग्रेस नेताहरू शीतल निवास पुगेका थिए ।
२०७९ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








