बुधबारसम्ममा गठबन्धनमा सिट संख्या टुङ्गिन्छ : प्रचण्ड
२०७९ भदौ १३ गते

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबारसम्म सिट संख्या टुङ्गिने बताएका छन् । साेमबार पार्टीकाे प्रादेशिक प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘नेपाली कांग्रेसका साथीहरूसँग पनि कुराकानी गरेकाे छु,’ उनले भने, ‘पर्सिसम्म सिट संख्या टुङ्ग्याउँछाैँ । कुन दलले कति सिट पाउने भन्नेबारे हामी बुधबार टुङ्ग्याउँछाैँ ।’
यस्तै उनले त्यसपछि कुन क्षेत्र कुन दलले पाउने भन्नेबारे पनि चाँडै निर्णय हुने बताए ।
यस्तै भदाै २५ सम्म दलगत उम्मेदवार टुङ्ग्याउने र अभियानमा लाग्ने बताए ।
२०७९ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








