प्रत्यक्षमा ७० सिटभन्दा बढी जित्छौँ, बहुमतको सरकार चलाउँछौँ : महेश बस्नेत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टी निर्वाचनको तयारीमा होमिएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

 एमालेले आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष ओलीलाई अघि सारेको स्पष्ट पारे । उनले यसअघि ओलीको नेतृत्वमा दुई तिहाई बहुमत नजिक मत पाएको र माधव, प्रचण्डले ओली सरकारविरुद्ध चलेखल गरेको आरोप लगाए । उनले भने, ‘उहाँले आफ्नो कार्यकाल पूरा गर्न पाउनुभएन, हामीले केपी ओलीलाई प्रधानमन्त्रीको रूपमा उभ्याउने निर्णय गरेका छौँ । अहिले हामी संगठन सुदृढीकरण गरिरहेका छौँ । एमाले अहिले पनि पहिलो दल हो । अबको निर्वाचनमा पनि पहिलो नै हुन्छ । स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत भोट ल्याएका छौँ । अब ४० प्रतिशत पपुलर मत ल्याउँछौं ।’

उनले एमाले अहिलेपनि कमजोर नरहेको स्पष्ट पारे । उनले भने, ‘यो बिचमा गठबन्धनले जनताको हितविपरित काम गरेको छ । भ्रष्टाचार गरेको छ। मल अभाव, पुस्तक अभाव भएको छ । यी ईस्युलाई हामीले सही ढङ्गले व्यवस्थापन गर्दा, १४ महिनाका उहाँहरूको अलोकप्रिय कामले हामीलाई फाइदा हुन्छ । ७० भन्दा बढी सिट बढी जित्छौँ । सरकार बनाउन बहुमत पुग्ने हाराहारीका साथ अघि बढेका छौँ । एमालेले गठबन्धन नगर्ने मोडालिटी बनाएको छ । तर, स्थानीय तहको आवश्यकताको आधारमा पनि जान सकिन्छ । निर्वाचनलाई जनताको हितमा उपयोग गर्छौँ । मुलुकको समृद्धि नै हाम्रो एजेण्डा हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =