सिट बाँडफाँटकाे आधार स्थानीय निर्वाचन हुनुपर्छ : नेता कोइराला
२०७९ भदौ १० गते

चितवन । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । शुक्रवार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताए ।
उनले भने, “स्थानीय निकायको निर्वाचनमा पाएको सङ्केत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ ।” कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो । गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो । अहिले गठबन्धनको विकल्प नरहेको भन्दै उनले गठबन्धनका दल सहमतिमा आउने बताए ।
निर्वाचनमा कांग्रेस होमिएको भन्दै उनले आम नेता तथा कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुनसमेत आग्रह गरे ।
२०७९ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








