निर्वाचनमा हाँसीहाँसी हार स्वीकार्ने छु : रवीन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक ‘विचार भन्दा माथि देश’मा उठाएका विषयकै आधारमा आसन्न निर्वाचन लड्ने बताएका छन्।

सुरुमा पार्टीमा छलफलका लागि राजनीतिक दस्तावेजका रूपमा प्रस्तुत ‘विचार भन्दा माथि देश’ चाँडै पुस्तकका रूपमा प्रकाशन हुँदै छ। जसमा मिश्रले संघीयता खारेज हुनुपर्ने अनि धर्मनिरपेक्षतामा जनमत संग्रह गरिनुपर्ने तथा संवैधानिक राजसंस्था हुनुपर्ने माग गरेका छन्।

सोही दस्तावेजकै कारण उनको पार्टी छिन्नभिन्न मात्र भएन, गत वैशाखमा स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार भएपछि विवेकशील साझा पार्टीको अध्यक्ष पदबाटै राजीनामा दिनुपर्यो।

तर पनि मिश्र आफ्नो विचार अडिग छन्। उनले त्यही विचारका आधारमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको चुनावमा प्रतिस्पर्धा गर्ने बताएका हुन्।

‘मतदातालाई भन्नेछु यो देशको दीर्घकालीन हितबाहेक मेरो अन्य कुनै स्वार्थ छैन’, मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो पुस्तकमा प्रस्तुत ‘राजनीतिक सामाजिक’ र ‘अर्थ–राजनीतिक’ विश्लेषण मन पराइदिनुभयो भने खुसी हुनेछु, अन्यथा गत निर्वाचनमा जस्तै हाँसीहाँसी हार स्वीकार्ने छु।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =