डाेजर लिएर अल्फाबिटा पुगे बालेन (भिडिओसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिका नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचना भत्काउने डाेजर सहित पुगेकाे छ ।

मेयर बालेन शाहकाे नेतृत्वमा गएकाे महानगरकाे टिमले अवैध संरचना भत्काउने छ ।

अल्फाबिटाको पार्किङ लटमा अवैधानिक संरचना बनाइएको भेटिएपछि भत्काउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएकाे छ ।

बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए । त्यहाँ उनको अल्फाबिटाका सञ्चालक द्विव शर्मासँग विवाद भएको थियो ।

काठमाडौँ महानगरपालिकाले बुधबारदेखि काठमाडौँका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै सुरु गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =