चुनावमा माैन अवधि ४८ बाट घटाई २४ घण्टा बनाउनुपर्ने एमालेकाे माग
२०७९ भदौ ६ गते

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचन आचारसंहिता संशोधनका लागि एमालेको ३७ बुँदे सुझाव पेस गरेकाे छ ।
एमालेले निर्वाचन आयाेगद्वारा प्रस्तावित आचारसंहितामा दफावार रूपमा साेमवार ३७ बुँदे संशाेधन प्रस्ताव पेश गरेकाे हाे ।
प्रस्तावित संशाेधनका मुख्यमुख्य बुँदामा निर्वाचन आचारसंहिता लागूू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने, निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाई २४ घण्टा बनाउनुपर्ने लगायत सुझावहरू प्रस्तुत छन् ।
२०७९ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित








