खेलको ८ सेकेन्डमै एमबाप्पेको गोल
मकालु खबर
२०७९ भदौ ६ गते
काठमाडाैँ । फ्रान्सेली लिग वन अन्तर्गत आइतबार राती जारी खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड किलियन एमबाप्पेले खेल सुरु भएको ८ सेकेन्डमै गोल गरेका छन् ।
लिलविरुद्ध खेल सुरु हुने बितिक्कै एमबाप्पेले गोल गर्न सफल भए । उनले लियोनेेल मेस्सीले मैदानको बिचबाट दिएको लामो पासलाई नियन्त्रणमा लिँदै गोलरक्षकलाई चिप गर्न सफल भए । लिगको दोस्रो खेलमा पिएसजीले सुरुवातमै अग्रता लिएको हो ।
खेलको पहिलो हाफ चलिरहेको छ । दुवै टोलीले थप गोल गर्ने अवसर प्राप्त गरेपनि स्कोर १-० नै रहेको छ । नेयमारले एमबाप्पेको पासमा आएको अवसर सदुपयोग गर्न सकेका थिएनन् । पिएसजी लगातार जित दर्ता गर्ने लक्ष्यमा छ ।
मकालु खबर
२०७९ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित